मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

‘लम्पी स्किन’ देभभरी फैलियो : २७ हजार पशुचौपाया मरे

असार २५ सम्म ७ लाख ६४ हजार बढि चौपायामा लम्पीस्किन पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पशु चौपायामा लाग्ने लम्पी स्किन रोग मुलुकभरी नै फैलिएको छ।

२०७७ साल साउन २२ गते मोरङको सुन्दर हरैंचान गरपालिकामा पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो। तर, अहिलेसम्म देशका७६ जिल्लामा लाग्ने लम्पी स्किन रोग फैलिएको पशुसेवा विभागले जनाएको हो।

लामखुट्टे, झिंगा, किर्नाको टोकाइबाट पशु चौपायामा लाग्ने यो रोगका कारण गाईभैसीका खुट्टा सुनिने, जीउ भरी फोका आउने, कानमा गिर्खा देखिने जस्ता लक्षणहरू देखिने गरेका छन्। पशुसेवा विभागको एक तथ्याङ्क अनुसार असार २५ सम्म ७ लाख ६४ हजार बढि चौपायामा रोग देखा परेको छ। झण्डै पाँच लाख निको भए पनि २७ हजार मरेका छन् भने साढे दुई लाखमा अझै रोग सक्रिय रूपमा रहेको जनाएको छ।

लम्पी स्किनको निदानका लागि १० लाख ३७ हजार डोज खोप आयात भएको जनाउँदै विभागले २ लाख २२ हजार खोप लगाइएको पशु सेवा विभागले जनाएको छ।तर,किशासनहरू भने रोग नियन्त्रणमा आउन नसकेको भन्दै आन्दोलित भएका छन्।

समयमा पशुचौपायालाई खोपको व्यवस्था गर्नका साथै त्यसबाट प्रभावित किसानलाई उचित राहतको व्यवस्था हुनुपर्ने माग अघि सारेका छन्। राष्ट्रिय किसान सञ्जालको अगुवाइमा ललितपुर हरिहर भवनस्थित विभाग परिसरमा बुधबार १ घण्टा धर्ना दिएका छन्। आफ्ना मागहरूको सुनुवाइ नभए आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार