मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

काभ्रेको भुम्लुमा स्वास्थ्य शिविर, ७५४ जनाले लिए निशुल्क सेवा

बृहत् निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको उपचार गर्नुका साथै औषधि निःशुल्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः काभ्रेको भुम्लु गाउँपालिकामा ७५४ जनाको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ।

मंगलबारबाट सुरु भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको उपचार गर्नुका साथै औषधि निःशुल्क रुपमा उपलब्ध गराइएको थियो।

मंगलबार शिविरमा हाडजोर्नीसम्बन्धी १०७ जना, जनरल फिजिसियन ९० जना, स्त्री तथा प्रसूतिसम्बन्धी ४५ जना, अकुपञ्चरमा ५५ जना, मुटुसम्बन्धी २१ जनाले निःशुल्क सेवा लिएका थिए भने बुधबार स्त्री तथा प्रसीतिसम्बन्धी ८५ जना हाडजोर्नीसम्बन्धी १४० जना, जनरल फिजिसियन १०० जना, मुटुसम्बन्धी २१ जना र अकुपंचरसम्बन्धी ९० जना बिरामीले सेवा लिएका छन्।

भुम्लु गाउँपालिकाको आयोजनामा सिंगापुर रेडक्रस र प्रारम्भ सामाजिक संस्थाको सहयोगमा प्रकाश माध्यमिक विद्यालयमा मंगलबार र बुधबार स्वास्थ्य शिविर संचालन गरिएको थियो।

शिविरमा हाडजोर्नी, मुटु, स्त्रीरोग, योग तथा प्राकृतिक चिकित्सा लगायतको स्वास्थ्य परीक्षणका लागि सिंगापुर रेडक्रसबाट आएका चिकित्सकको टोली, किष्ट मेडिकल कलेज ललितपुरका विशेषज्ञ चिकित्सक, मध्यपुर ठिमी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, स्थानीय स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु लगायतले स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार