मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

प्रधानमन्त्री कप महिला भलिबलको उपाधि प्रहरीले उचाल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सातौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको फाइनल खेलमा एपीएफलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको छ ।

पुलिसले एपीएफलाई २५-१२,२१-२५, २५-२३ र २५-१९ ले एपीएफलाई पराजित गरेको हो । पहिलो सेटमा सहज जित हात पारेको पुलिसले दोस्रो सेट भने एपीएफसँग पराजित भयो ।

तेस्रो सेट एपीएफले अग्रता लिए  पनि जोगाउन नसक्दा २५-२३ मा पराजित हुन पुग्यो । चौथो सेटमा अग्रता बनाउँदै जित निकालेको हो । पुरुषतर्फको फाइनल ३ बजे सुरु हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया