मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

इमर्जिङ टिम्स एसिया कपः नेपाल भारत ‘ए’ सँग खेल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले भारत ‘ए’सँग खेल्दैछ।

समूह बीमा रहेको नेपालले समूह चरणको दोस्रो खेल भारत ‘ए’ सँग खेल्न लागेको हो। पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो। यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ।

पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले पराजित नेपालका लागि भारत बलियो प्रतिद्वन्द्वी हो।

इमर्जिङ एसिया कपको समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान ‘ए’, भारत ‘ए’ र संयुक्त अरब इमिरेट्स (युएई) छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया