मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

श्रीलंकाको सानदार पूनरागमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः घरेलु टोली श्रीलंकाले पहिलो टेस्ट खेलमा पाकिस्तानविरुद्ध सानदार पूनरागमन गरेको छ । वर्षाले प्रभावित पहिलो दिन श्रीलंका ६५.४ ओभरमा २४२/६ को अवस्थामा छ ।

श्रीलंका धनन्जय डि सिल्भा १ सय ५७ बलमा १० चौका र ३ छक्कासहित ९४ रनमा नटआउट छन् । शाहिन शाह अफ्रिदीले सानदार सुरुवात दिलाएपछि गाले इन्टरनेशनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका एक समय ५४–४ को दयनीय अवस्थामा पुगेको थियो ।

पाँचौं विकेटका लागि एन्जिलो म्याथ्युज र धनन्जय डि सिल्भाले १ सय ३१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । पहिलो दिन चिया अघि एन्जिलो म्याथ्युज १ सय ९ बलमा ९ चौकासहित ६४ रनमा आउट भए । उनी स्पिनर रब्बर अहमदको बलमा विकेटकिपर शरफराज अहमदबाट क्याच आउट भए ।

सदिरा समाराविक्रमा ५७ बलमा ५ चौकासहित ३६ रनमा आउट भए । त्यसअफि अफ्रिदीले ओपनर निशान मदुशकालाई ४, कप्तान दिमुथ करुणारत्नेलाई २९ र कुशल मेन्डिसलाई १२ रनमा क्याच आउट गराउँदै उत्कृष्ट उत्कृष्ट सुरुवात दिलाएका थिए । दिनेश चान्डिमाल नसिम शाहको बलमा बाबर आजमबाट १ रनमा क्याच आउट भए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले सर्वाधिक तीन विकेट लिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया