मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

नर्सिङ कक्षामा बढाइएको चर्को शुल्क खारेज गर्न डा. गोविन्द केसीको माग (विज्ञप्ती)

पछिल्लो समय सिटिइभीटीले नर्सिङ लगायतका विषयमा बढाइएको चर्को शुल्क तत्काल खारेज गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चिकित्सा क्षेत्रको सुधारका अभियानकर्मी डा गोविन्द केसीले नर्सिङ कक्षामा बढाइएको शुल्क खारेज गर्नुपर्ने माग गर्नुभएको छ ।

केसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिटिइभीटीले नर्सिङ लगायतका विषयमा बढाइएको चर्को शुल्क तत्काल खारेज गर्न माग गर्नुभएको हो ।

देश आर्थिकरुपमा थङ्थिलो भएको तथा सर्वसाधारणको आय खुम्चिएको अहिलेको समयमा शुल्क बढ्नु नै आफैँमा विडम्बनाको कुरा हो भन्दै उहाँले त्यसमा पनि एकै वर्षमा २५–३० प्रतिशत शुल्क बढ्दा त्यसले विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने निश्चित छ भन्नुभएको छ ।

“सिटिइभीटीमा स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका पार्टीका कार्यकर्ता तथा माफिया पदाधिकारीका कारण यस्तो अचाक्ली निर्णय भएको हाम्रो ठहर छ”, विज्ञप्तिमा भनिएको छ, “चिकित्सा शिक्षा ऐनअनुसार चिकित्सा शिक्षा आयोग बनिसकेको आजको अवस्थामा आयोगको परामर्शबिना सिटिइभीटीले यस्तो निर्णय गर्नुसमेत गलत र बदनियतपूर्ण देखिन्छ ।”

डा केसीले आफूहरुसँग भएका सम्झौता कार्यान्वयन गर्न र हामीले राखेका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै त्यसो नभएमा कुनै पनि बेला कडा आन्दोलनका कार्यक्रम शुरु गर्न बाध्य हुने जानकारी गराउनुभएको छ ।

प्रेस विज्ञप्ति

हामी लामो समय देखि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार र सुशासनका लागि संघर्षरत रहेको सवैलाई अवगत नै छ । यसै क्रममा मेडिकल शिक्षाको क्षेत्रमा व्याप्त बेथिति र नियामक निकायमाथिको दलीय हस्तक्षेप तथा माफियाहरुको प्रभाव विरुद्ध हामीले बारम्बार सत्याग्रह गरेका छौं।

पछिल्लो समय सिटिइभीटीले नर्सिंग लगायतका विषयमा चर्को शुल्क बढाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । देश आर्थिक रुपमा थङ्थिलो भएको तथा सर्वसाधारणको आय खुम्चिएको अहिलेको समयमा शुल्क बढ्नु नै आफैंमा विडम्बनाको कुरा हो । त्यसमा पनि एकै वर्षमा २५–३० प्रतिशत शुल्क बढ्दा त्यसले विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने निश्चित छ ।

सिटिइभीटीमा स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका पार्टीका कार्यकर्ता तथा माफिया पदाधिकारीका कारण यस्तो अचाक्ली निर्णय भएको हाम्रो ठहर छ । त्यसैले नियुक्तिमा दलीय भागवण्डाको विरोध गर्दै पदाधिकारी नियुक्तिका मापदण्डसहितको कानुनी व्यवस्थाको माग गर्दै हामीले लामो संघर्ष गरेका छौं । नियुक्तिमा स्वार्थको द्वन्द्व रोक्ने व्यवस्थाको माग पनि हामीले लगातार गरिरहेका छौं । तर कुनै पनि सरकारले अहिलेसम्म दलसम्बद्ध माफियाहरुको स्वार्थभन्दा माथि उठेर काम गर्न सकेका छैनन् ।

साथै चिकित्सा शिक्षा ऐन अनुसार चिकित्सा शिक्षा आयोग बनिसकेको आजको अवस्थामा आयोगको परामर्शविना सिटिइभीटीले यस्तो निर्णय गर्नुसमेत गलत र बदनियतपूर्ण देखिन्छ ।

त्यसैले शुल्क बढाउने निणर्य तत्काल खारेज गर्न तथा यस अगाडि हामीसँग भएका सम्झौता कार्यान्वयन गर्न र हामीले राखेका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौं । त्यसो नभएमा कुनै पनि बेला कडा आन्दोलनका कार्यक्रम शुरु गर्न बाध्य हुने जानकारी पनि गराउन चाहन्छौं ।

डा गोविन्द केसी

२०८० साउन २ 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार