मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

राष्ट्रिय पुरुष भलिबलको कप्तानमा मानबहादुर श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रिय पुरुष भलिबलको कप्तानको जिम्मेवारी मानबहादुर श्रेष्ठलाई दिइएको छ । साउन १ गतेबाट लागु हुने गरी श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिइएको हो ।

नेपाल भलिबल संघका अनुसार हरिहजुर थापालाई हटाएर श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिइएको छ । थापालाई अनुशासन कारबाही गरिएको थियो । श्रेष्ठ यसअघि पनि नेपाली टोलीको कप्तान थिए ।

सोमबार बसेको नेपाल भलिबल संघको बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर श्रेष्ठलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया