मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

महिला बिश्वकप फुटबल उदघाटन हुनु अघि न्युजिल्याण्डमा गोली हानाहान : तीनको मृत्यु, कैयौं घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः न्यूजिल्याण्डको अकल्याण्डमा गोली चलेको घटना सार्वजनिक भएको छ ।

न्यूजिल्याण्डको अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । साे गाेलीकाण्डका अपराधीकाे पनि मृत्यु भएकाे छ । न्युजिल्यान्ड प्रहरीले बिहीबार मध्य अकल्याण्डमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको र कैयौं घाइते भएको बताएको छ ।

प्रहरीले एक विज्ञप्तिमा अपराधीको पनि मृत्यु भइसकेको जनाएको छ । प्रहरीले साे घटनाले राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको बताए । अकल्यान्डको इडेन पार्कमा महिला फुटबल विश्वकपको उद्घाटन खेल हुनुभन्दा केही घन्टा अघि सिटी सेन्टरको व्यस्त सडकमा गोली हानाहान भएको थियो ।

Watch FIFA Women's World Cup 2023 Opening Ceremony in Japan on Fox Sports

यसैबीच न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्स्लेले राष्ट्रिय सुरक्षामा कुनै खतरा नरहेको र प्रतियोगिता योजना अनुसार अघि बढ्ने बताए ।

निमित्त प्रहरी उपरीक्षक सन्नी पटेलले अपराधीले बन्दुक हल्लाउँदै खेल उदघाटनस्थल नजिकै पुगेर गोली चलाएको बताए । आरोपितको तर्फबाट थप गोली चलेको थियो, केही समयपछि उनी मृत फेला परेको उनले बताए । प्रहरीले आक्रमणकारी बाहेक दुई जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । धेरै मानिस घाइते भएको पनि जानकारी आएको उनले बताए ।

प्रहरीले गोलीबारी लगत्तै क्षेत्रलाई घेराबन्दी गरेको र घटनास्थलमा हेलिकप्टर पठाइएको प्रहरीले जनाएको छ । अधिकारीले भने कि जुन कुरा प्रकाशमा आएको छ त्यो धेरै चिन्ताजनक छ र हामी जनतालाई घटना नियन्त्रणमा ल्याइएको आश्वासन दिन्छौं।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया