मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

मियामीका लागि डेब्यु खेलमै गोल गरे मेसीले

मेसिको गोलसँगै मियामीले क्रुज अजुललाई २-१ गोलले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पिएसजीबाट अमेरिकी क्लब इन्टर मियामी गएका अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसीले डेब्यु खेलमै गोल गरेका छन्।

लिग कप साउथ अन्तर्गत गएराति भएको खेलमा मेसिको गोलसँगै मियामीले क्रुज अजुललाई २-१ गोलले हराएको हो। पिंक ड्राइभ स्टेडियममा खेलको इन्ज्युरी समयमा मेसीले फ्रि-किक मार्फत सानदार गोल गर्दै टिमलाई जिताएका हुन्।

४४ औं मिनेटमा मियामीका लागि रोवर्ट टेलरले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ६५ औं मिनेटमा कार्लोस अन्टुनाले बराबरी गोल गरेका थिए । बराबरीतर्फ उन्मुख खेलको ९४ ‌औं मिनेटमा मेसीले फ्रिकक गोल गरेका थिए।

मेसी यसै समरमा पेरिस सेन्ट जर्मेन छाडेर मेजर सकर लिग क्लब इन्टर मियामी पुगेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया