काठमाण्डौः जापानले वुमेन्स वर्ल्डकप २०२३ मा शनिबार उत्कृष्ट सुरुआत गरेको छ ।
उसले डेब्यु गरिरहेको जाम्बियालाई ५–० को सहज गोल अन्तरले हराउँदै समूह ‘सी’ मा आफ्नो बलियो स्थान बनाएको छ ।
गोल अन्तरको आधारमा जापान स्पेनलाई उछिनेर शीर्षमा रहेको छ । यस जितका लागि हानाता मायाजावाले २ गोल गरेकी थिइन् । यस्तै मिना तानाका, जुन एन्डो र रिको उकेईले एक/एक गोल थपे ।
त्यसमध्ये उकेईको अन्तिम गोल पेनाल्टीमा सम्भव भएको थियो । खेलको अन्त्यमा जाम्बिया १० खेलाडीमा सीमित रह्यो । जाम्बियाकी गोलरक्षक काथरिन मुसुन्डो रातो कार्ड खाएर मैदान छाड्न बाध्य बनेकी थिइन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया