काठमाडौंः फिफा महिला विश्वकप फुटबलमा फ्रान्सले ब्राजिललाई हराएको छ । शनिबार भएको खेलमा फ्रान्सले ब्राजिललाई १–० गोल अन्तरले हराएको हो ।
अष्ट्रेलियाको सनकोर्प स्टेडियममा भएको खेलमा फ्रान्सका लागि १७ औं मिनेटमा ले सोमरले गरेको गोल नै जितमा निर्णायक बन्यो ।

यो जितसँगै फ्रान्स नकआउट चरण प्रवेशको सम्भावना बलियो भएको छ । पहिलो खेलमा जमैकासँग गोलरहित बराबरी खेलेको फ्रान्स ४ अंकका साथ समूह एफको शीर्ष स्थानमा छ ।
३ अंक जोडेको ब्राजिल दोस्रो र एक अंक जोडेको जमैका तेस्रो स्थानमा छ भने पुछारमा रहेको पानामा अंकविहीन छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया