मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

सरकारी अस्पतालमा बिहान ८ बजेदेखिको सेवा प्रभावकारी : मन्त्री बस्नेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रही आएका बिरामीको चाप केही हदसम्म घटेको बताउनुभएको छ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मस्तिष्क मृत्यु अङ्ग प्रत्यारोपणसम्बन्धी प्रस्तुती ‘पुनर्जन्म’ वृत्तचित्र सार्वजनिक कार्यक्रममा उहाँले बीरलगायतका सरकारी अस्पतालमा बिहान ८ बजेदेखि सुरु भएको बहिरङ्ग सेवा निकै प्रभावकारी सावित भएको उल्लेख गर्नुभयो।

मन्त्री बस्नेतले भन्नुभयो, “सीमित स्रोत साधनका बाबजुद संविधानले आमनागरिकका लागि सुनिश्चित गरेको निःशुल्क उपचार सेवा दिलाउन सरकार प्रतिबद्ध छ, कुनै पनि गरिब एवं विपन्न नागरिकले पैसाको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने पाटोमा हामी सजग छौँ।”

सरकारको पछिल्ला कदमले स्वास्थ्यमा अनुशासन र सुधारका कार्यक्रम प्रभावकारी देखिएको बताउँदै उहाँले अनुशासन र क्रियाशील जीवनले मानिसलाई निरोगी हुन मद्दत पु¥याउने धारणा राख्नुभयो। स्वास्थ्य मन्त्री बस्नेतले भन्नुभयो, “उपचारका नाममा ठूलो रकम विदेश नजाओस् भन्ने हेतुले विशिष्ट व्यक्तिको उपचारका लागि वीर अस्पतालमा उपचार कक्ष र शैय्या बढाउन निर्देशन भइसकेको छ, मानव अङ्ग प्रत्यारोपण केन्द्रको विकास र विस्तारलाई पनि प्राथमिकता दिइनेछ।”

मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले भक्तपुर अङ्ग प्रत्यारोपण केन्द्रका लागि सरकारले जग्गा प्राप्ति, पूर्वाधार निर्माण र आवश्यक बजेट व्यवस्थापनका लागि विभिन्न प्रयास तथा प्रयन्न गरिरहेको बताउनुभयो। भक्तपुरबाट प्रतिनिधित्व गर्नुहुने सांसद दुर्लभ थापाले उपचारका लागि छटपटाइ रहेका मिर्गौला रोग पीडितलाई डायलाइसिस र मिर्गौला प्रत्यारोपण गर्न बजेट व्यस्थापन, औषधिलगायतमा आफूले  सहयोग गरिरहेको बताउनुभयो।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण श्रेष्ठले मस्तिष्क मृत्यु भएपछि अङ्गदानका लागि प्रेरित गर्न जनचेता अभियानअघि बढाउने र सकारात्मक सन्देश थालनी फैलाउने कार्यमा आफै अग्रसर हुन आवश्यक रहेको बताउनुभयो।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले अङ्गदानबारे परम्परागत मान्यतालाई रुपान्तरण गर्दै त्यसमा सकारात्मक नतिजा प्राप्त गर्न जनचेतनालाई अभियानकै रुपमा लैजानुपर्ने धारणा राख्नुभयो। अर्का हास्य कलाकार हरिवंश आचार्यले मस्तिष्क मृत्यु भई शरीरका खेर जाने अरु अङ्ग र काम नलाग्ने अङ्ग दान गर्न सके धेरैको अकालमा मृत्यु हुनबाट जोगाउन सकिने भएकाले त्यस विषयमा समाजलाई जागरुक तुल्याउन आवश्यक रहेको बताउनुभयो।

वृत्तचित्रका निर्माण निर्देशक सरना श्रेष्ठले सबैभन्दा ठूलो दान अङ्गदान हुँदा जनचेतना अभिवृद्धि गर्ने र ज्ञान बाड्ने कर्ममा सरिक हुन सबै पहल तथा प्रयत्न आवश्यक रहेको बताउनुभयो। मिर्गौला रोग समस्या भई डायलाइसिस र उपचारमा झेल्नुपरेको कठिनाइ, पीडा र खेप्नु परेको आर्थिक समस्यालगायतका विषय तथा मिर्गौला प्रत्यारोपणको सकारात्मक नतिजा एवं त्यसपछिको सुखद्  जीवनसम्बन्धी विषयवस्तु बृत्तचित्रमा समेटिएका छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार