श्रावण ४, २०८२ आइतबार July 20, 2025

सामुदायिक क्याम्पस एकआपसमा गाभ्नुपर्छ : मुख्यमन्त्री पाण्डे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका सामुदायिक क्याम्पसहरूलाई एकआपसमा गाभ्ने (मर्जर) प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल पब्लिक क्याम्पस सङ्घ गण्डकी प्रदेश अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले विद्यार्थी सङ्ख्या, लगानी सबैलाई हेर्दा सामुदायिक क्यम्पस एकआपसमा गाभ्दा लगानीअनुसारको प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे ।

सरकारले उच्च शिक्षामा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउँदै मुख्यमन्त्री पाण्डेले कसरी प्रतिफल निकाल्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

गण्डकी प्रदेश सरकारले सामुदायिक क्याम्पससँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने नीति बनाएर कार्यक्रम सार्वजनिक गरी रु एक करोड ७५ लाख रकम विनियोजन गरेको जानकारी दिँदै उनले भने, “कार्यक्रमको प्रभावकारिताका आधारमा बजेटमा वृद्धि गरिनेछ ।”

क्याम्पसले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने, दक्ष युवा जनशक्ति विदेशिने दर न्यूनीकरण गर्न व्यावसायिक शिक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिँदै उहाँले क्याम्पसको स्वामित्वमा जग्गा ल्याउने गरी कानुन निर्माण गरिने बताए ।

कार्यक्रममा प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगर, कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, सामुदायिक क्याम्पस सङ्घका केन्द्रीय अध्यक्ष शत्रुधन गुप्तालगायतको सहभागिता रहेको थियो ।

नेपाल सामुदायिक क्याम्पस सङ्घ गण्डकी प्रदेशका अध्यक्ष ऋषिराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका विभिन्न क्याम्पसका सञ्चालक समितिका अध्यक्ष, प्राध्यापक सङ्घका अध्यक्ष र क्याम्पस प्रमुखको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार