मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

‘खोज अभियान’अन्तर्गत ४० हजार बालबालिकालाई खोप

१५ महिनाभित्र लगाउनुपर्ने खोपको एक मात्रा पनि नलगाएका दुई हजार ९० बालबालिकालाई पहिलो पटक खोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘बृहत् खोज र खोप अभियान’अन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप प्रदान गरेको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार चार सय ६३ बालबालिकालाई खोप प्रदान गरिएको जानकारी दिनुभयो । मन्त्रालयले १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई अभियान सञ्चालन गरी खोप लगाएको उहाँले बताउनुभयो ।

प्रमुख डा गौतमका अनुसार गत वैशाख १५ र ३१ गते अभियान सञ्चालन गरिएको थियो । उहाँका अनुसार १५ महिनाभित्र लगाउनुपर्ने खोपको एक मात्रा पनि नलगाएका दुई हजार ९० बालबालिकालाई पहिलो पटक खोप प्रदान गरिएको छ ।

कुनै एक वा सोभन्दा बढी मात्रा खोप लगाउन छुटेका ३८ हजार तीन सय ७३ बालबालिकालाई विभिन्न नौ किसिमका १३ रोगविरुद्ध १८ मात्रा खोप प्रदान गरिएको प्रमुख डा. गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार चार हजार छ सय सात स्थानबाट खोप प्रदान गरिएको थियो ।

प्रमुख डा. गौतमले नियमित खोप लगानुपर्ने समयमा नलगाएका बालबालिकालाई अहिले लगाइएको खोप कम प्रभावकारी भए पनि काम गर्ने बताउनुभयो । “जुन उमेर÷समयमा खोप लगाउनुपर्ने हो त्यसबेला नलगाएर अहिले लगाउँदा खोपको प्रभाव पहिला लगाउँदाको जस्तो नहुन सक्छ” उहाँले भन्नुभयो, “तर छुटेको खोप अहिले लगाउँदा पनि काम भने गर्छ ।” पहिले ९५ देखि सतप्रतिशत खोपको प्रभाव हुनेमा अहिले ८० प्रतिशतसम्म काम गर्ने उहाँको भनाइ थियो ।

मधेश प्रदेशमा कुनै एक मात्र पनि नियमित खोप नलगाएका बालबालिका बढी रहेका पाइएको प्रमुख डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै पनि खोप नलगाउनेमा  मधेशमा एक हजार तीन सय १६, लुम्बिनीमा दुई सय ९५, वागमतीमा एक सय ७६, कोशीमा एक सय ६०, सुदूरपश्चिममा एक सय पाँच, कर्णालीमा २९ र सबैभन्दा कम गण्डकीमा नौ जना छन् ।

पूर्ण मात्रा खोप लगाउँदा स्वास्थ्यमा हुने फाइदा तथा खोप लगाइने स्थान र समयको बारेमा पर्याप्त जानकारी नहुनु, खोप सेवाका बारेमा प्रभावकारी परामर्शको कमी, कतिपय समुदाय÷स्थानमा खोपप्रतिको गलत बुझाइलगायत कारणले बालबालिका नियमित खोपबाट वञ्चित भएका मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमण फैलिएका समयमा बन्दाबन्दी (लकडाउन)ले गर्दा पनि बालबालिका नियमित खोप लगाउनबाट वञ्चित भएका खोप शाखा प्रमुख डा गौतमले बताउनुभयो । उहाँले खोप लगाउन छुटेका बालबालिकाका लागि प्रत्येक वर्ष नियमित खोप अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।

नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण–२०२२ का अनुसार जन्मेदेखि पाँच वर्षमुनिका ५२ प्रतिशत बालबालिकाले पूर्ण, ४८ प्रतिशतले अपूर्ण र चार प्रतिशतले कुनै पनि खोप लगाएका छैनन् । उक्त सर्वेक्षण अनुसार एक वर्षमुनिका ८० प्रतिशतले बालबालिकाले पूर्ण खोप लगाएका छन् ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार