असार २४, २०८२ मंगलबार July 8, 2025

चौरजहारी घटनाको विरोधमा आज पनि काठमाडौँमा विरोध प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा घटनाको सत्यतथ्य छानबिनको माग गर्दै सोमबार प्रदर्शन गरेको हो । जातिय छुवाछुतकै कारण घटना भएकोले पीडकलाई तत्काल सजायको माग गर्दै प्रदर्शन गरिएको हो ।

सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी उनीहरुले दिएका छन् । प्रदर्शनमा सहभागीहरुले गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन् ।

प्रदर्शनमा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना लगायत नेताहरु पनि सहभागी थिए । आइतबार भएको प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सडकमा ओर्लेका थिए ।

रुकुम घटनामा जाजरकोटका नवराज विकसहित पाँच जनाको मृत्यु भएको छ । एकजना अझै वेपत्ता रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया