जेठ ८, २०८१ मंगलबार May 21, 2024

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः झापाको मेचीनगर नगरपालिका ८ मुनियाँटोल बस्ने ३५ वर्षीय सुन्दरलाल किसानको हत्यामा संलग्न रहेको अभियोगमा सोही टोल बस्ने ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सोही टोलस्थित सडक नजिक रगत जस्तो पदार्थ देखिएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकाडभिट्टाबाट खटिएको प्रहरीले साउन ३२ गते बिहान झाडीमा बुट्यानले छोपेको अवस्थामा उनको शव फेला पारेको थियो । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट समेत खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा उनीहरूको संलग्नता खुल्नआएपछि उनीहरूलाई पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी एक्लै हिँड्दै आएका सुन्दरलाल किसानले साउन ३१ गते साँझ रामजी र सुनरसीलाई गालीगलौज गरेको विषयलाई लिएर भएको झगडामा फलामको खन्ती र सिकल प्रहार गरी हत्या गरेर उक्त झाडीमा लगि छोपेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
२०८१ जेठ ८, मंगलबार
आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी
२०८१ जेठ ८, मंगलबार
राष्ट्रियसभामा पनि प्रतिपक्षको नाराबाजीका बीच धन्यवाद प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
प्रमुख प्रतिपक्षको नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
पशुपतिनाथ मन्दिरको भेटी चोर्ने आठ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध धनुषामा पक्राउ पूर्जी जारी
२०८१ जेठ ८, मंगलबार
गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा
२०८१ जेठ ८, मंगलबार