मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

बागमतीमा डेंगुबाट ४ जनाको मृत्यु, करिब ४ हजार संक्रमित

जनवरीको पहिलो दिनबाट हालसम्म प्रदेशभरमा ३ हजार ९ सय २९ जनामा डेंगु संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः लामखुट्टेको टोकाईबाट हुने डेंगु संक्रमणबाट यो वर्ष बागमती प्रदेशमा ४ जनाले ज्यान गुमाएका छन् ।

यो वर्षको जनवरीबाट हालसम्म ललितपुरमा दुई जना र धादिङ,मकवानपुरका एक/एक जनाको डेंगु सङ्क्रमणको कारण ज्यान गुमाएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो वर्ष जनवरीको पहिलो दिनबाट हालसम्म प्रदेशभरमा ३ हजार ९ सय २९ जनामा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।

यो वर्ष डेंगुको कारण डेंगुबाट ललितपुरस्थित इमाडोलकी ३८ वर्षीया महिला र थैवका ७१ वर्षीय पुरुषको ज्यान गएको छ भने मकवानपुरका ४१ बर्षीय पुरुष धादिङकी ७२ वर्षीया महिलाको मृत्यु भएको हो ।

यो वर्ष बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमीत धादिङ जिल्लाको रहेको मन्त्रालयको भनाई छ । बागमतीका ३ हजार ९ सय २९ संक्रमित मध्य धादिङको मात्र २ हजार ५ सय ५३ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डाक्टर रविन भुसालका अनुसार यो वर्ष जनवरीबाट हालसम्म काठमाडौँमा ४०६, मकवानपुरमा २५५, ललितपुरमा १९४, चितवनमा १७५, भक्तपुरमा १२९, नुवाकोटमा ७९, रामेछापमा ४२, काभ्रेपलान्चोक ३९, सिन्धुलीमा २७, सिन्धुपाल्चोक र दोलखामा १२÷१२ जनातथा रसुवामा ६ जनामा डेंगु पुष्टि भएको भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१९ मा ४ हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा डेंगु सङ्क्रमण देखिएको थियो भने सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेंगु रोग सङ्क्रमण भएको भएको देखिन्छ ।

मन्त्रालयले आफ्नो घर वरपरको पानी जम्ने स्थानलाई पुर्न, गमला सहितका अन्य पानी जम्ने भाँडाको पानीलाई खन्याउनको लागि आम नागरिकलाई अनुरोध गरेको छ । लामखुट्ेको लार्भा नष्ट गर्न सके लामखुट्टे उत्पादन नहुने र महामारी कम हुने भन्दै उनले डेंगुको विषयमा आम नागरिक आफैँ सचेत बन्नुपर्ने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार