काठमाण्डौंः गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्बर ७ की सात वर्षीया प्रशंसा मरासिनीको मंगलबार बिहान सो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्युपछि बालिकाको आफन्तहरूले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै शव उठाउन मानेका छैनन् । उनीहरूले उग्ररूपमा प्रदर्शन गरेपछि अस्पताल तनावग्रस्त भएको हो ।
सामान्य पेट दुखेर सोमबार अस्पताल ल्याइएको बालिकाको दिउँसो बान्ता गरेपछि अस्पतालमा भर्ना गरिएको बिरामीका आफन्तले बताएका छन् । तर, बालिकाको के कारणले मृत्यु भएको हो भन्नेबारे अझै कारण नखुलेको उपचारमा खटिएका चिकित्सको भनाइ छ ।
अस्पताल तनावग्रस्त बनेपछि अहिले अस्पताल प्रशासन र बिरामीका आफन्तबीच छलफल चलिरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया