असार २१, २०८२ शनिबार July 5, 2025

टेलिकमको चाडपर्व अफर सार्वजनिक : ७८९ रुपैंयामा ३० जीबी डेटा, ६०० मिनेट भ्वाइस कल सुविधा

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल टेलिकमले हिन्दु महिलाहरूको चाड तीज र संविधान दिवसको अवसर पारेर चाडपर्व अफर सार्वजनिक गरेको छ ।

यस अन्तर्गत कम्पनीले सहुलियत दरका डेटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउने घोषणा गरेको छ । यो अफर भोलि अर्थात् आइतबारदेखि आगामी असोज ६ गतेसम्म सञ्चालन हुनेछ । अफर अन्तर्गत रु. ४९ मा एक दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डेटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ ।

त्यसैगरी रु. ९८ मा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक उपलब्ध हुनेछ भने रु. १९९ मा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डेटा प्याक, रु. २९४ मा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा प्याक र रु. ३९९ मा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डेटा प्याक उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ । भाद्र ३१ देखि असोज ६ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार