असोज ११, २०८३ आइतबार September 27, 2026

दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति

परम्परागत मोबाइल र फाइबर नेटवर्कलाई पूरक भूमिका खेल्ने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जाकार्ता, २० जेठ  : इन्डोनेसियाले विदेशी लो–अर्थ अर्बिट (एलइओ) स्याटेलाइट सेवा प्रदायक कम्पनीहरूका लागि नयाँ नियमहरू कडा बनाउने निर्णय गरेको छ। यसमा स्टारलिङ्क लगायतका अन्तर्राष्ट्रिय स्याटेलाइट सेवा प्रदायकहरू पनि समावेश छन् ।

देशको सञ्चार तथा डिजिटल मन्त्रालयले मंगलबार जनाएको अनुसार अब विदेशी स्याटेलाइट कम्पनीहरूले इन्डोनेसियाको आन्तरिक नियमहरू पूर्ण रूपमा पालना गर्नुपर्नेछ र देशको डिजिटल सार्वभौमिकता (डिजिटल स्वायत्तता) सम्बन्धी लक्ष्यलाई सहयोग गर्नुपर्नेछ ।

मन्त्रालयका महासचिव इस्माइलका अनुसार सरकार विदेशी लगानीलाई प्रोत्साहन गर्ने र राष्ट्रिय रणनीतिक हितको सुरक्षा गर्ने बीच सन्तुलन कायम गर्न चाहन्छ । उहाँले स्थानीय सञ्चार माध्यम बिस्निस डट कमसँग कुरा गर्दै विदेशी स्याटेलाइट सेवा प्रदायकहरूले इन्डोनेसियामै नेटवर्क सञ्चालन केन्द्र स्थापना गर्नुपर्ने र सामग्रीसम्बन्धी नियमहरू पनि पालना गर्नुपर्ने बताउनुभयो ।

इन्डोनेसियाको विशाल द्वीपसमूह संरचनाका कारण देशका दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच विस्तार गर्न स्याटेलाइट प्रविधि महत्वपूर्ण भएको मन्त्रालयले जनाएको छ । यसले परम्परागत मोबाइल र फाइबर नेटवर्कलाई पूरक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सरकारले स्याटेलाइट सेवासँग कृत्रिम बुद्धिमत्ता प्रविधि एकीकृत गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा इन्टरनेट पहुँच विस्तार गर्ने योजना बनाइरहेको छ । यसले शिक्षा, स्वास्थ्य र साना व्यवसायहरूको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार