जेठ ८, २०८३ शुक्रबार May 22, 2026

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द (सूचना हेर्नुहोस्)

‘विशेष कारणवश’ दरखास्त आह्वानको सूचना रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि आह्वान गरिएको दरखास्त सूचना रद्द गरिएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै अध्यक्ष पदका लागि आह्वान गरिएको आवेदन प्रक्रिया रद्द गरिएको जानकारी दिएको हो ।

मन्त्रालयले जेठ ७ गते गोरखापत्र मा सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो । मन्त्रालयले ‘विशेष कारणवश’ दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया