असोज १०, २०८३ शनिबार September 26, 2026

श्रीलंकाको अस्पतालमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जना घाइते

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कोलम्बो, असोज १० गते । श्रीलंकाको उत्तर-मध्य क्षेत्रमा पर्ने पोलोन्नरुवास्थित एक मिर्गौला अस्पतालमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जना घाइते भएका छन् । पोलिसका अनुसार शनिबार बिहान करिब ४ बजे पोलोन्नरुवा नेफ्रोलोजी अस्पतालको भान्सामा ग्यास सिलिन्डर विस्फोट भएको हो ।

विस्फोटमा अस्पतालका भान्सा कर्मचारी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पोलोन्नरुवा अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । विस्फोटका कारण अस्पताल भवनमा समेत ठूलो क्षति पुगेको छ ।

घटनामा अस्पतालमा उपचाररत कुनै पनि बिरामी वा अन्य स्वास्थ्यकर्मी घाइते भएका छैनन् । विस्फोटपछि अस्पतालका कर्मचारीले बिरामीलाई भवनबाट सुरक्षितरूपमा बाहिर निकालेका थिए । आवश्यक उपचारको व्यवस्था गर्दै थप उपचार आवश्यक पर्ने बिरामीलाई पोलोन्नरुवा जनरल अस्पतालमा स्थानान्तरण गरिएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया