असोज ६, २०८३ मंगलबार September 22, 2026

रूपान्तरण अभियानमा नै महोत्तरी माओवादी समान्तर गतिविधिमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः माओवादी केन्द्र महोत्तरीको विवाद उत्कर्षमा पुगेको वेला बर्दिवास नगरपालिकामा समान्तर अभियान सुरु भएको छ । जनतासगँ माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत महोत्तरीका इन्चार्ज बनेर आएका केन्द्रिय सदस्य अच्युतम काफ्लेले समान्तर गतिविधिले दिक्क भएकाे बताएका छन् ।

इन्चार्ज काफ्लेले पाटीको निर्देशन विपरित बर्दिवासमा समान्तर गतिविधि भएको ठहर गर्दै एक बिज्ञप्ति समेत जारी गरेका छन । बिज्ञप्तिमा पार्टीकाे  कार्यविभाजन अनुसार वडामा खटिनुपर्ने नेताहरुले समान्तर गतिविधि गरेको बताउदै यस्ता गतिविधि नगर्न सचेत समेत गराइएको छ ।

गत २९ भदौ कै दिनवाट यस्ता गतिविधिमा नलाग्न निर्देशन दिदै इन्चार्ज काफ्लेले समान्तर गतिविधमा लागेको पाईएमा गम्भीर अनुसासन उल्लंघनको बिषय बन्न सक्ने बताएका छन । तर माओवादी केन्द्र महोत्तरीमा संस्थापन पक्ष र संस्थापन इतरविच विवाद चुलिदै गएको छ । बर्दिवासमा नै २ बर्षदेखी पार्टी कमिटी बनाउन नदिई हस्तक्षेप गरेको संस्थापन इतरको आरोप छ भने संस्थापन पक्षले जे जस्तो विवाद भए तापनी वडा अभियान सके पछि निष्कर्षमा पुर्‍याउने बताउदै आएको छ ।

यसै विचमा बर्दिवास नगर कमिटीको नेतृत्व विहिन बनिरहेको वेला रुद्र सुस्लिङ्ग मगरलाई नगर इन्चार्ज वनाएर रुपान्तरण अभियानका कार्यक्रम संचालन गर्दै आएको छ । नगरबाटै निर्णय गरि वडामा कसरी जाने ? भन्ने बिषय तय भएको र सोहीअनुसार कार्यक्रम संचालन गरिरहेको रुद्र सुस्लिङ्ग पक्षले जनाएको छ ।

तर इन्चार्ज अच्युतम काफ्ले र मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेलले भने यो निर्णयलाई अस्विकार गरेका छन । १७ साउन देखि २१ साउनसम्म चलेको केन्द्रिय बैठकको निर्णय अनुसार नै पाटी चल्नुपर्ने र पाटी सर्कुलेसन बाहिर गएर कुनै पनि गतिविधि गर्न नमिल्ने उनिहरुको भनाइ छ ।

नगर कमिटीलाई पुर्णता दिएर वडाका कार्यक्रम संचालन गर्दा थप प्रभावकारी बन्ने ठानेर पाटी हितका लागी नै आफुहरु लागि परेको सुस्लिङ्ग पक्षधरको दावी छ ।विशाल बस्नेत

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार