श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

एनआरएनएको आर्थिक सहयोगमा निर्मित अक्सिजन प्लान्ट हस्तान्तरण

प्लान्ट छ महिनाअघिदेखि सञ्चालनमा आएको भए पनि हस्तान्तरण भने अहिले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गैरआवसीय नेपाली सङ्घ (एनआरएनए)को आर्थिक सहयोगमा निर्मित अक्सिजन प्लान्ट भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ। अस्पतालको पूर्वाधारमा ५० एमएम क्युब क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो।

एनआरएनएले अस्पताललाई स्वामित्व हस्तान्तरणसहित प्लान्टको उद्घाटन गरेको छ। एनआरएनएका महासचिव डा. केशव पौडेलले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेललाई अक्सिजन प्लान्टको स्वामित्व हस्तान्तरण गरे। प्लान्ट छ महिनाअघिदेखि सञ्चालनमा आएको भए पनि हस्तान्तरण भने अहिले गरिएको हो।
अस्पतालमा निर्माण गरिएको प्लान्टको लागत रू ९४ लाख रहेको भरतपुर अस्पतालका प्रवक्त डा गोविन्द कँडेलले जानकारी दिए। अक्सिजनमा परनिर्भर अस्पताल प्लान्ट सञ्चालनमा आएसँगै आत्मनिर्भर बनेको मेडिकल सुपरिडेन्डेन्ट प्रा डा पौडेलले जानकारी दिए। कोरोनाले अक्सिजनको महत्व सिकाएको बताउँदै उहाँले हाल अस्पतालमा दैनिक दुई सय ५० सिलिन्डर उत्पादन गर्ने क्षमताका प्लान्ट स्थपना गरिएको जानकारी दिए।

कोभिडको समयमा अक्सिजनको अभावलाई मध्यनजर गर्दै दीर्घकालीन समाधानका लागि बिरामीको चाप रहेको भरतपुर अस्पतालमा प्लान्ट स्थापना गरिएको एनआरएनएका महासचिव पौडेलले बताए। एनआरएनएले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजनाअनुरुप बागमती प्रदेशमा केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पताललाई छनोट गरेको उनको भनाइ थियो।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले गैरआवासीय नेपाली सङ्घले अस्पतालप्रति देखाएको चिन्ता र सद्भावका लागि आभार व्यक्त गरे। ‘अस्पतालमा हाल दैनिक प्लान्टबाट एक सय ७५ सिलिन्डर अक्सिजन उत्पादन भइराखेको छ, उनले भने, ‘यसअघि ५० देखि ७० सिलिन्डर बाहिरबाट किनेर ल्याउनुपर्ने बाध्यता रहे पनि प्लान्ट सञ्चालनमा आएसँगै परनिर्भरता अन्त्य भएको छ।’

अक्सिजन आफैँ उत्पादन गर्न थालेपछि दैनिक रू ६१ हजार बचत भएको अस्पतालले जनाएको छ। अहिले नयाँ प्लान्ट मात्र सञ्चालन गरिएको छ। पुरानो प्लान्टबाट पनि उत्पादन गरेर अक्सिजन बिक्री गर्न सकिने अवस्थामा अस्पताल पुगेको छ। अस्पतालमा अब लिक्विडसहित तीन अक्सिजन प्लान्ट रहेका छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
२०८२ श्रावण ९, शुक्रबार
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार