कार्तिक २८, २०८३ शनिबार November 14, 2026

नेतृत्वको असफलताले कोशीमा विद्रोह : मन्त्री लिम्बू

पार्टीले संस्थागत निर्णय गरेर अघि नबढ्ने हो भने कोशी प्रदशको बिद्रोह देशभर फैलिने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले काङ्ग्रेसको केन्द्रीय नेतृत्वको अकर्मन्यताका कारण कोशी प्रदेशमा ८ जना सांसदले बिद्रोह गरेको बताउनुभएको छ ।

मोरङको बेलबारीमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा मन्त्रीले सो कुरा बताउनुभएको हो । केन्द्रीय नेतृत्वले पार्टीलाई सधैं लिलामीमा राखेर कार्यकर्तालाई दास बनाउन खोजेको बताउँदै पार्टीले संस्थागत निर्णय गरेर अघि नबढ्ने हो भने कोशी प्रदशको बिद्रोह देशभर फैलिने उहाँले बताउनुभयो ।

मन्त्री लिम्बुले भन्नुभयो, “नेतृत्व फरक मत राख्नेसँग बहस गर्न चाहँदैन । छलफल नगरी एकलौटी निर्णय गर्दा पार्टीमा समस्या आएको हो ।” नेपाली काङ्ग्रेस मोरङका सभापति समेत रहनुभएका मन्त्री लिम्बूले बिधानमा पार्टीका केन्द्रीय सदस्यले वडाबाट चुनाव जितेर जाने ब्यवस्था नभएसम्म नेतृत्व नसच्चिने बताउनुभयो ।

उहाँले आगामी मङ्सिर १३–१८ मा हुने महासमिति बैठकले बिधान संसोधन गर्ने दाबी गर्दै पार्टीलाई सभापतीय प्रणालीमा लानुपर्ने बताउनुभयो । सबै पदाधिकारी निर्वाचित हुने ब्यवस्थाले सभापति कमजोर भएको बताउँदै उहाँले काङ्ग्रेसलाई पुरानै संरचनामा फर्काउनुपर्नेमा जोड दिनुभयो । गुटबन्दी र आरोप प्रत्यारोपले काङ्ग्रेस दिशाहिन भएको उल्लेख गर्दै उहाँले काङ्ग्रेसमा जान्ने बुझ्नेको कदर हुन छाडेको टिप्पणी गर्नुभयो ।

काङ्ग्रेस बेलबारी –४ का वडा सभापति इन्द्रबहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेस भोजपुरका सभापति एवम् कोशी प्रदेशका सांसद विनोदकुमार वान्तवा र मोरङ –३ का क्षेत्रीय सचिव राजेन्द्र अधिकारीले धारणा राख्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
२०८३ कार्तिक २८, शनिबार
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
नयाँ पुस्तालाई इतिहास र संघर्षको अनुभव हस्तान्तरण गर्न अध्यक्ष बिजुक्छेँको आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार