काठमाडौंः बडादसैँको सातौँ दिन, फूलपातीको अवसरमा आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपातीको बढाइँ गरेको छ ।
सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गर्यो । तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गर्यो भने सैनिक हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरियो ।
![टुँडिखेलमा सेनाको फूलपाती बढाइँ [तस्बिरहरु] - :: नेपाल लाइभ :: Nepal Live - Independent Digital Media](https://nepallive.net/uploads/posts/1634042662_Phulpati-Badhai2.jpg)
समारोहमा सैनिक ब्याण्डले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’ बोलको राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गरेको थियो । समारोहमा नेपाली सेनाको टुकडीले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश, सभामुख लगायतको उपस्थिति रहेको थियो ।
नेपाली सेनाले गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमान ढोकाको दसैँघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गर्ने गरिन्छ ।

बडादसैँका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया