कार्तिक २८, २०८३ शनिबार November 14, 2026

यतिखेर हामी अवसर र चूनौतिहरुको कठिन परिस्थितिबाट गुज्रिरहेका छौं : प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले यतिखेर नेपाल अवसर र चूनौतिहरुको कठिन परिस्थितिबाट गुज्रिरहेको टिप्पणी गरेका छन् । बडादशैं २०८० को शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले भने,‘लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताका अपेक्षाहरु पूरा गर्नुपर्ने ठूलो चूनौति हाम्रा सामू छ ।

हामीलाई पछाडि फर्किने या यत्तिकै रुमल्लिने छुट छैन् । हामीले नेपाली जनताले युगौंदेखि साँझ्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्छ ।’

उनले परम्परा र पर्वहरुको दृष्टिले नेपालीहरु वैभवशाली रहेको बताएका छन् । उनले भने–‘हामीले नेपाली विशिष्टता र मौलिकताको सम्र्वद्धन गरेर जानुपर्छ ।’ शुभकामना सन्देशमा प्रधानमन्त्री दाहालले वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन क्रियाशिल रहेको पनि विश्वास दिलाए ।

उनले अघि भनेका छन्–‘हामीले दृढ अठोटका साथ राष्ट्र, राष्ट्रियता र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्न सक्यौं भने हामी हरेक अवरोधलाई छिचोल्न सक्छौं । यही तथ्यलाई आत्मसात् गर्न सके सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
२०८३ कार्तिक २८, शनिबार
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
नयाँ पुस्तालाई इतिहास र संघर्षको अनुभव हस्तान्तरण गर्न अध्यक्ष बिजुक्छेँको आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार