कार्तिक २८, २०८३ शनिबार November 14, 2026

प्रधानसेनापति शर्मा आज चीन भ्रमणमा जाँदै

नेपाली शन्ति मिसनका लागि हतियारलगायत मिसनलाई आवश्यक पर्ने सैन्य सामग्रीहरू चीनबाट खरिद गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा आज चीन भ्रमणमा जाँदै छन्। चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा प्रधानसेनापति शर्मा चीन जान लागेका हुन्। प्रधानसेनापति शर्मा आज चीन गएर १६ गते स्वदेश फर्किनेछन्।

चीनमा रहेका बेला उनले सैनिक सहायता, सैन्य तालिमलगायत विषयमा छलफल गर्नेछन्। नेपाली शन्ति मिसनका लागि हतियारलगायत मिसनलाई आवश्यक पर्ने सैन्य सामग्रीहरू चीनबाट खरिद गर्ने नेपाली सेनाले तयारी गरेको थियो।

विभिन्न कारणले उक्त खरिद प्रक्रिया अगाडि बढेको छैन। प्रधानसेनापतिको चीन भ्रमणका बेला सो विषयमा समेत छलफल हुने स्रोतले बताएको छ।

कात्तिक २ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको चीन भ्रमण स्वीकृत गरेको थियो।

उनको चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौं बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ। प्रधानसेनापति शर्माले यसअघि बेलायत भ्रमणमा गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
२०८३ कार्तिक २८, शनिबार
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
नयाँ पुस्तालाई इतिहास र संघर्षको अनुभव हस्तान्तरण गर्न अध्यक्ष बिजुक्छेँको आग्रह
२०८३ कार्तिक २७, शुक्रबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार