कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

हमास आक्रमणमा मृत्यु भएका थप ३ जना विद्यार्थीको शव पहिचान

दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फूलराको शव पहिचान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः हमास समूहको आक्रमणमा परि मृत्यु भएका नेपाली विद्यार्थीमध्ये थप ३ जनाको शव पहिचान भएको छ ।

यो सँगै हाल सम्म सो घटनामा मृत्यु भएका ८ जनाको शव पहिचान भएको आइतबार तेल अबिबस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फूलराको शव पहिचान भएको छ ।

बाँकीको शव पहिचानको क्रममा रहेको पनि दूतावासले जनाएको छ । साथै, विपिन जोशीको खोजी कार्य जारी राखिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

गत असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशी हराएका थिए । मृतकमध्ये चार नेपालीको शव स्वदेश ल्याइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार