कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

राष्ट्रसंघका महासचिव गुटेरेसलाई स्वागत गर्न लुम्बिनी पुगे प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी पुगेका छन्। उनी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न लुम्बिनी पुगेका हुन् ।

गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प गएका थिए। गुटरेस त्यहाँबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ ।

गुटेरेसको स्वागतका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी लगायतका विशिष्ट व्यक्तित्वहरु हिजो नै लुम्बिनीमा आइसकेका छन् ।

राष्ट्रसंघका महासचिव गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री लुम्बिनीमा

गुटेरेसले मायादेवी मन्दिर दर्शन गर्नेछन् । उनले मन्दिर परिसरमै मन्तव्यसमेत व्यक्त गर्नेछन् । उनले डेढ घण्टा लुम्बिनीमा बिताउनेछन् ।

गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार