श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

‘सिटी स्क्यान’ सेवा थालनी गर्दै मेथिनकोट अस्पताल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई ‘सिटी स्क्यान’ उपकरण उपलब्ध गराइएको छ । नमोबुद्ध नगर कार्यालयको समन्वयमा कान्ति बाल अस्पतालले मेथिनकोटलाई सो उपकरण उपलब्ध गराएपछि ‘सिटी स्क्यान’ सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा उपलब्ध जनशक्तिलाई तालिमको तयारी भएको र लगत्तै सेवा सञ्चालनमा गइने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए । उक्त सेवा सुरु हुँदा विपी राजमार्गमा हुनसक्ने दुर्घटनाका बिरामी तथा बागमती प्रदेशको काभ्रेपलाञ्चोकसहित छिमेकी जिल्ला सिन्धुली र पूर्वी तराईका केही जिल्लाका नागरिकका लागि निकै सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

यस्तै अस्पतालमा हालै शल्यक्रिया सेवा पनि सुरु गरिएको छ भने गत असोज पहिलो सातादेखि अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा सुरु गरिएको छ । यस्तै सघन कक्ष ९आइसीयू० र नवजात शिशुको सघन कक्ष (एनआइसीयू)० सञ्चालनको तयारीमा रहेको अस्पतालले जनाएको छ ।

हाल पाँच अत्याधुनिक मेसिनबाट डायलायसिस सेवा सुरु गरिएको अस्पतालमा काठमाडौँका अस्पतालमा डायलायसिस गर्न नपाएर यस क्षेत्रका बिरामीले महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । दाहालका अनुसार उक्त अस्पताललाई ट्रमा सेन्टर र डायलायसिस सेवाको उत्कृष्ट अस्पतालको रूपमा विकसित गर्ने योजना बनाइएको छ । “यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ”, डा.दाहालले भने ।

नगरप्रमुख कुन्साङ लामा तीन तहका सरकारको समन्वयका कारण मेथिनकोट अस्पतालमा सेवा विस्तार गर्दै लगिएको बताउछन् । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीय अस्पताल बनाइएकामा स्थानीय निकै खुसी देखिएको उनको भनाइ छ ।

यस्तै अस्पताललाई बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट अन्य आवश्यक उपकरण सहयोग गरिएको छ । अस्पतालमा हाल सेवा विस्तार भएसँगै बिरामीको चाप बढ्दै गएको बताइन्छ । अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको छ ।

अस्पतालमा हृदयघातका बिरामीका लागि पहिलो चरणको खोप निःशुल्क उपलब्ध गराइँदै आइएको छ भने मानसिक रोगको उपचार, डायलायसिस सेवा, हाडजोर्नी, बाल विशेषज्ञ, सम्पूर्ण प्रयोगशाला सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको दुई सय ५० थरिका औषधि निःशुल्करूपमा उपलब्ध गराइएको अस्पताल प्रशासनले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार