काठमाण्डौंः सरकार स्वामित्वको संस्था नेपाल आयल निगमले राहत तथा उद्धार कार्यका लागी परिचालन गरिने नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाई जहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धनको सम्पूर्ण खर्च सामाजिक उत्तरदायीत्व कोषबाट व्यहोर्ने घोषणा गरेको छ।
यसैगरी सिटिजन्स बैंकले भूकम्प प्रभावित क्षेत्रका लागी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रूपैयाँ आर्थिक सहयोग जम्मा गर्ने निर्णय भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शुक्रबार मध्यराती गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा कूल १५७ जनाको ज्यान गइसकेको कर्णाली प्रदेश सरकारले जानकारी दिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया