श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

भूकम्पले १२ स्वास्थ्य संस्थामा क्षति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पमा परी घाइते भएकाको उपचारका लागि स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या नभएको स्पष्ट गरेको छ ।

मन्त्रालयका अनुसार जाजरकोट र रुकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति भएता पनि स्वास्थ्य सेवा प्रवाहमा भने कुनै समस्या नभएको मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी जनाएको हो ।

“धेरै घाइते उपचारपश्चात् घर फर्केका छन् । उपचारका लागि अन्यत्र सिफारिस गरिएकाहरुको प्रादेशिक अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगञ्ज र त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचारको व्यवस्था गरिएको छ,” विज्ञप्तिमा भनिएको छ । स्वास्थ्य सेवा विभागद्वारा औषधी तथा औषधीजन्य सामग्री प्रभावित जिल्लामा पठाइएको छ ।

विज्ञप्ति अनुसार भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम रुकुम पूर्व, सल्ल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्यूठानका गरी एक सय ५७ जनाको मृत्यु भएको छभने अन्य दुई सय ५६ जना घाइते भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार