श्रावण ८, २०८२ बिहिबार July 24, 2025

सुत्केरीलाई स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार

पोषणयुक्त आहारले आर्थिकरुपमा विपन्न परिवारका सुत्केरीको पोषणमा सुधार ल्याउन सघाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउनका लागि शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ । कञ्चनपुरको झलारी स्वास्थ्यचौकीले सुत्केरीलाई जनही एक किलो घ्यू र एक क्रेट अण्डा निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म स्वास्थ्य चौकीमा सुत्केरी भएका ५१ जनालाई पोषणयुक्त घ्यू र अण्डा वितरण गरिएको छ । सुत्केरी भएकालाई जनही एक हजार पाँच सय बराबरको घ्यू र अण्डा वितरण गरिएको स्वास्थ्य चौकीका प्रमुख हीरासिंह ढुङ्गालले जानकारी दिए । उनका अनुसार पोषणयुक्त आहार पाउनका लागि स्वास्थ्य चौकीमा नियमित गर्भचेक जाँच गराएको र सुरक्षितरुपमा सुत्केरी हुनका लागि स्वास्थ्य चौकीको बर्थिङ सेन्टरबाट सेवा लिएको हुनुपर्ने छ ।

“सुत्केरी र शिशुको स्वास्थ्यमा सुधार ल्याउन पोषणयुक्त आहार वितरण गर्दै आएका छौँ”, प्रमुख ढुङ्गालले भने, “स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा सुत्केरी भएकालाई तीन वर्षदेखि निरन्तररुपमा पोषणयुक्त आहार वितरणको कार्य हुँदै आएको छ ।”

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पोषणयुक्त आहारको प्रयोग गर्नुपर्दछ भन्ने जानकारी दिइने गरिएकाले नगरपालिकामा कुपोषित बालबालिकाको सङ्ख्या घट्दै गएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए ।

स्वास्थ्य चौकीले वितरण गर्दै आएको पोषणयुक्त आहारले आर्थिकरुपमा विपन्न परिवारका सुत्केरीको पोषणमा सुधार ल्याउन सघाउ पु¥याएको उनको भनाइ छ । तीन वर्षको अवधिमा स्वास्थ्य चौकीबाट एक सय ६० सुत्केरीलाई पोषणयुक्त आहार वितरण गरिएको छ । गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहार खानका लागि प्रेरित गर्ने गरिएको छ ।

सुत्केरीलाई घ्यू, अण्डासँगै दुसा उमारेको गेँडागुडी, च्याउ, दुग्धजन्य पदार्थ, माछा मासु, हरियो सागपात, फलफूल, मसलाको प्रयोग गर्नका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले घरमै पुगेर सल्लाह सुझाव दिँदै आएका छन् ।

साँझ बिहानको खानाको जोहो मिलाउन नसक्ने विपन्न समुदायका सुत्केरीले पौष्टिक आहारको व्यवस्था गर्न नसक्ने अवस्था हुने भएकाले स्वास्थ्य चौकीबाटै पौष्टिक आहारका रुपमा घ्यू र अण्डा उपलब्ध गराउने व्यवस्था गरिएको नगर उपप्रमुख कल्पना पन्तले बताइन् । यसले सुत्केरी र शिशुको स्वास्थ्यमा सुधार भई कुपोषणको समस्या हटेर जाने विश्वास छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार