श्रावण ७, २०८२ बुधबार July 23, 2025

बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती

नयाँ पहिचान भएकामध्ये ५५ बाँकेका र २७ जना बर्दिया जिल्लाका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा अझै पनि कुष्ठरोगको समस्या कायमै रहेको पाइएको छ । विगतको तुलनामा बिरामीको सङ्ख्यामा कमी आए पनि नयाँ बिरामी पहिचान हुँदै गएकाले कुष्ठरोग निवारणमा चुनौती देखिएको छ ।

छाला, कुष्ठ तथा क्षयरोगका बिरामीको उपचार गर्दै आएको जानकी गाउँपालिकास्थित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा एक सय २६ कुष्ठरोगीको पहिचान भएको अस्पतालका प्रमुख मङ्गलबहादुर थारूले जानकारी दिए । उनका अनुसार पहिचान भएकामध्ये ५५ बाँकेका र २७ जना बर्दिया जिल्लाका छन् । अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि परेका छन् ।

गैरसकारी सस्था आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले अस्पतालमा आएका बिरामीका साथै ठाउँ–ठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजपड्ताल गर्ने गरेको अस्पतालका प्रमुख थारूले बताए । अस्पतालमा अघिल्लो आव २०७८/७९ मा एक सय ५७ कुष्ठरोगीको पहिचान भएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जनस्वास्थ्य समस्याको रूपमा कुष्ठरोगको सङ्क्रमण देखिएकाले निवारण चुनौतीपूर्ण रहेको बताए । समाजमा अहिले पनि रोगी लुकेर बसेको हुनसक्ने भएकाले खोजी अभियान शिविर सञ्चालनको आवश्यकता रहेको उनको भनाइ छ ।

जानकी गाउँपालिका स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले समाजमा अझै पनि कुष्ठरोगको प्रभाव रहेकाले निवारणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । उनले विगतको तुलनमा रोगीको सङ्ख्या कमी भए पनि रोग निवारणको लक्ष्य भेट्टाउन सबैले आ–आफ्नो क्षेत्रबाट प्राथमिकताका साथ लाग्न जरुरी भएको उल्लेख गरे ।

जिल्ला स्वाथ्य कार्यालय बाँकेका क्षय कुष्ठ स्रोत व्यक्ति रवीन्द्र शाहले जिल्ला स्वास्थ्य कार्यालयमा रोग निवारण अभियानका लागि बजेट नभएको जानकारी दिँदै स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रममा प्राविधिक सहयोग गर्दै आएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कुष्ठरोग स्रोत व्यक्ति जीवन रजौरेले अझै पनि समाजमा कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएकाले उनीमाथि भेदभाव हेला हुने गरेको उल्लेख गरे । अहिले पनि कुष्ठरोगका बिरामीको स्वास्थ्य संस्थासँग पहुँच नरहेकाले उनको भनाइ छ ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले यस क्षेत्रमा आईएनएफले कुष्ठरोग निवारणको लागि सकारात्मक कार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा सरोकारवाला निकायबीच थप सरसल्लाह र समन्वय गरेर लाग्ने बताए । उनले कुष्ठरोग निवारणका लागि जिल्लाका स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारसँग बजेट व्यवस्थापनका लागि आफूले समन्वय गर्ने बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार