कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सेवा प्रवाह छिटो छरितो बनाउन मुख्यमन्त्री चौधरीको निर्देशन

मन्त्रालय र मन्त्रालय मातहतको कार्यालयहरूको सेवा प्रवाह प्रभावकारी बनाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारका सचिवहरूलाई सेवा प्रवाहलाई छिटो छरितो गर्न निर्देशन दिनुभएको छ ।

बिहीबार मुख्यमन्त्री कार्यालयमा भएको सचिवहरुको बैठकमा मुख्यमन्त्री चौधरीले सचिवहरूलाई यस्तो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालय मातहतको कार्यालयहरूको सेवा प्रवाह प्रभावकारी बनाउन र छिटो छरितो बनाउन आवश्यक रहेको भन्दै सोही अनुसार गर्न निर्देशन दिनुभयो ।

मुख्यमन्त्री चौधरीले अनावश्यक योजनाहरू भन्दा पनि आवश्यक योजनाहरू कार्यान्वयनमा चासो दिन समेत आग्रह गर्नुभयो । उहाँले मन्त्रालयको लक्ष र उद्देश्यमा रहेर नीति निर्माण गर्न र सोही अनुसार काम गर्न समेत आग्रह गर्नुभयो । उहाँले त्यही अनुसार नीति बनाउन र स्रोत परिचालन गर्न समेत आग्रह गर्नुभयो । त्यसै गरे योजना कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय समेत बढाउन निर्देशन दिनुभएको छ ।

बैठकमा प्रमुख सचिव राधिका अर्यालले मुख्यमन्त्री ज्यूको निर्देशन कार्यान्वयन गर्न मन्त्रालयको कार्य सम्पादन बढाउन आग्रह गर्नुभयो । उहाँले अबको समय पूर्णा रुपमा कार्यान्वयनको भएको हुँदा त्यसमा दत्तचित्त हुन आग्रह गर्नुभयो । सचिवहरूले मन्त्रालयले योजना र बजेट कार्यान्वयनका लागि नीति, विधिहरू बनिसकेकोले अब काममा लाग्ने बताउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार