श्रावण ७, २०८२ बुधबार July 23, 2025

चीनमा फैलियो ‘रहस्यमय’ रोग, डब्लुएचओले भन्यो यथार्थ सार्बजनिक गर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ, ११ मंशिर । चीन पुनः रहस्यमय रोगको चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ।

यस्तो अवस्थामा चीनको स्वास्थ्य मन्त्रालयबाट विज्ञप्ति आएको छ । यसका अनुसार यो संक्रामक फोक्सोको रोगको पछाडि धेरै रोगजनक ब्याक्टेरिया छन्। यससँगै चीनको स्वास्थ्य मन्त्रालयले यसको पछाडि कुनै नयाँ भाइरल कारण हुन सक्ने बताएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार एक पत्रकार सम्मेलनमा इन्फ्लुएन्जामा संक्रमण बढ्नुको प्रमुख कारण भएको बताए । उनले राइनोभाइरस, माइकोप्लाज्मा निमोनिया र रेस्पिरेटरी सिन्सिटियल भाइरस पनि फैलिरहेको बताए । फेङले मुलुकमा औषधि आपूर्तिको ग्यारेन्टी हुनुपर्ने र उपचारको सुविधा बढाउनुपर्ने बताए ।

स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले विशेषगरी बालबालिकाहरु यो रोगको जोखिममा रहेको बताएकी छिन । यस्तो अवस्थामा अभिभावकले छोराछोरीको उपचारका लागि घण्टौं कुर्नुपर्ने बाध्यता छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनको उत्तरपूर्वी क्षेत्रमा अवस्थित लिओनिङ प्रान्तका बालबालिकाहरू तीव्र गतिमा बिरामी परिरहेका छन् । चीनमा फैलिएको रोगबारे डब्ल्यूएचओले यो वर्ष रोगको स्तर उच्च भए पनि जाडोमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्नु अस्वाभाविक नभएको बताएको छ ।

संयुक्त राष्ट्र एजेन्सीले मानिसहरूलाई जोखिम कम गर्न आधारभूत सावधानी अपनाउन सल्लाह दिएको छ। साथै वर्तमान परिस्थितिका आधारमा कुनै पनि यात्रा प्रतिबन्धको आवश्यकता नरहेको बताए ।

उल्लेखनीय छ कि चीनमा बढ्दो श्वासप्रश्वाससम्बन्धी रोगका कारण चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन्। यो रोगको समयमा बालबालिकामा फोक्सोमा जलन हुने, उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिने गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार