श्रावण ७, २०८२ बुधबार July 23, 2025

टेकु अस्पतालको निर्देशकमा डा. युवानिधि बसौला नियुक्त

कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका बसौलालाई टेकुको जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पतालको निर्देशकमा डा. युवानिधि बसौलालाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले टेकु अस्पतालको निर्देशकमा बसौलालाई नियुक्त गरेका हुन् ।

शुक्रराज अस्पतालको निर्देशक रहेकी डा. मनीषा रावललाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरेर उनलाई नियुक्त गरिएको हो ।

यसअघि कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका बसौलालाई टेकुको जिम्मेवारी दिइएको हो । पछिल्लो तीन महिनायता उनी वरिष्ठ कन्सल्टेन्टका रूपमा कान्तिमै कार्यरत थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार