श्रावण ७, २०८२ बुधबार July 23, 2025

भेरी अस्पताल नेपालगन्जमा थपियो अर्को विशेषज्ञ सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भेरी अस्पताल नेपालगन्जले एकपछि अर्को विशेषज्ञ सेवा थप्दै गएको छ । अस्पतालले गत कात्तिक २१ गतेदेखी एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी सेवा सुरु गरेको हो । विशेषज्ञ डा। कृष्णमोहन अधिकारीले बिरामीको जाँच गरिरहनुभएको छ। अस्पतालमा सार्वजनिक बिदाको दिन बाहेक हरेक हप्ताको आइतबार, मङ्गलवार र बिहीबार कोठा नम्बर ३२ बाट ओपिडी सेवा सुरु भएको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा। दिनेशकुमार चौधरीले जानकारी दिनुभयो।

अस्पतालले एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी सेवा सुरु गरेपछि गरिब तथा विपन्न वर्गका बिरामीलाई थप त मिलेको छ । यसअघि उक्त सेवा अस्पतालमा नहुँदा बिरामीले निजी अस्पतालमा गएर सेवा लिनु परेको । भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले ग्यास्ट्रो सर्जरी सम्बन्धी सेवा लिने बिरामीलाई सहज भएको बताउनुभयो।

भेरी अस्पतालले यो सेवा सुरु गरिसकेको छ, हप्ताको आइतबार, मङ्गलवार र बिहीबार कोठा नम्बर ३२ बाट ओपिडी सेवा दिएका छौँ, अस्पतालमा आउने बिरामीले यो सेवा पाउनु हुन्छ, अध्यक्ष शाहले भन्नुभयो। अस्पतालले निकट भविष्यमा अन्य विशेषज्ञ सेवा पनि सञ्चालन गर्ने तयारी गरेको उहाँले बताउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार