कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

बागमती प्रदेशसभा संसदीय समितिका सभापति चयनका लागि सर्वदलीय बैठक आव्हान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बागमती प्रदेशमा संसदीय समितिको सभापति चयन गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरिएको छ । सभापति चयनका विषयमा छलफल गर्न मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी मङ्सिर १७ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा बुधबार प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । लामो समयसम्म सभापति विहीन रहेको प्रदेश सभा समितिलाई पूर्णता दिनका लागि सर्वदलीय बैठक आह्वान गरिएको हो । प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिको विषयमा छलफलका लागि बैठक आह्वान गरिएको एक मन्त्रीले जानकारी दिनुभयो ।

बागमती प्रदेश सभामा प्रदेश मामिला, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति गरी पाँचवटा समितिहरू रहेका छन् । समितिको सभापतिमा सबै राजनीतिक दलहरूको आ–आफ्नै दाबी रहँदा सभापति चयनको विषय नै पेचिलो र अन्याैल बन्दै गएको छ । यता मुख्यमन्त्री जम्मट्टेल प्रदेशमा रहेका सात राजनीतिक दलहरूलाई नै भाग पुर्‍याउने उद्देश्यले दुईवटा समिति थप्ने तयारीमा रहेको समेत चर्चा छ । यद्यपि, हाल उक्त विषयको छलफल सुरु नभएको उहाँको दाबी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार