कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

११ केजी सुन तस्करी प्रकरण : ९ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश

अवैध सुन तस्करीमा २७ जनाको संलग्नता खुलेकोमा १५ जना पक्राउ परेको र १२ जना अझै फरार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको लामाबगर फलाक–रोङ्जिया नाका हुँदै भित्रिएको ११ केजी सुन तस्करीमा संलग्न नौ जनालाई जिल्ला अदालत दोलखाका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल इजलासले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।

तस्करी आरोपमा पक्राउ परेको १५ जना (एक बालक सहित) मध्य नौ जनालाई पुर्पक्षको लागि थुनामा राख्ने, तीन जनालाई धरौटीमा रिहा गर्ने र तीन जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश जिल्ला न्यायाधीश श्रेष्ठको इजलासले गरेको हो ।

शुक्रवार दिइएको आदेश अनुसार ११ केजी सुन तस्करीका मुख्य नाइके चिनिया नागरिक आकर लामा र ग्याङ रु, नुर्बु छिरिङ शेर्पा (काठमाडौँ), पेम्बा तामाङ (दोलखा), चसमान तामाङ (दोलखा), केशर तामाङ (दोलखा), माधवकुमार मगर (दोलखा), सनद प्रधान (गुल्मी) तथा लालबहादुर तामाङ (सिन्धुपाल्चोक) लाई पुर्पक्षको लागि थुनामा राख्न भनिएको छ ।

अदालतको आदेश अनुसार महिमा माझी (रामेछाप) लाई एक करोड ७९ लाख ४० हजार, दीपेन्द्रराज शाक्य (ललितपुर) लाई ९६ लाख ५० हजार र तिलक बिक (बागलुङ) लाई ८८ लाख धरौटीमा छोड्न भनिएको छ । नाबालक (दोलखा), चेतनाथ न्यौपाने (रसुवा), र सुनमाला तामाङ (दोलखा) लाई भने साधारण तारेखमा छोड्न आदेश दिएको दोलखा जिल्ला अदालतका श्रेस्तेदार अञ्जन भट्टराईले बताउनुभयो ।

यस अघि जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) काठमाडौँले संयुक्त रुपमा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो । प्रहरीको अनुसन्धानको क्रममा अहिलेसम्म अवैध सुन तस्करीमा २७ जनाको संलग्नता खुलेकोमा १५ जना पक्राउ परेको र १२ जना फरार रहेको जनाइएको थियो ।

पक्राउ परेकाहरू बाट दश करोड ६८ लाख ६८ हजार सात सय ६१ रुपैयाँ बराबरको ११ केजी (सुनको बिस्केट) र ५३२.०३८ ग्राम (सुनको गहना) सुन र नगद १८ लाख ३३ हजार पाँच सय रुपैयाँ समेत बरामद भएको प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनुभएको थियो ।

उनीहरूले २०७९ साल मङ्सिरदेखि २०८० साल असोज १० गतेसम्ममा ३१ करोड ११ लाख ७० हजार चार सय ४६ रुपैयाँ १५ पैसा बराबरको ३३ केजी सुन अवैध रुपमा तस्करी गरेको खुलेको प्रहरीले जनाएको थियो ।

गत असोज १० गते समेत विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले दोलखाको लामाबगर, जामुने लगायतका स्थानहरूबाट अवैध रुपमा नेपाल भित्रिएको ११ केजी सुन बरामद गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार