श्रावण ७, २०८२ बुधबार July 23, 2025

मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ७७५ पुग्यो

मकवानपुर जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या सात सय ७५ पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार जिल्लामा साउन १ गतेदेखि मङ्सिर १७ गतेसम्म पुरुष तीन सय ९५ र महिला तीन सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ९ जना डेंगु सङ्क्रमित थपिएका छन् । आइतबार जिल्लाको हेटौँडा उपमहानगरपालिकाका ५ जना र मनहरी गाउँपालिका ४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । जाडोयाम सुरु भएसँगै मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या घट्न थालेको हो । साउनबाट देखिन थालेको डेंगु कात्तिकबाट घट्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा डेंगु सङ्क्रमित भेटिएका छन् । यहाँ २५६ पुरुष र २७१ महिलागरी ५३६ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । जिल्लाको कैलाश गाउँपालिकामा भने डेंगु सङ्क्रमितको सङ्ख्या शून्य छ ।

त्यस्तै, थाहा नगरपालिकाका पुरुष ३ जना, मकवानपुरगढी गाउँपालिकाका पुरुष १२ र महिला ८ गरी २० जना, बागमती गाउँपालिकाकामा ५ पुरुष र १९ महिलागरी २४ जना, मनहरी गाउँपालिकाकामा पुरुष ४२ जना र ३० जना महिलागरी ७२ जना, इन्द्रसरोवर गाउँपालिकाकामा पुरुष २ जना र महिला २ जनागरी ४ जना, भीमफेदी गाउँपालिकाकामा पुरुष २३ जना र १४ जना महिलागरी ३७ जना, बकैया गाउँपालिकामा पुरुष १२ जना र १३ जना महिलागरी २५ जना र राक्सिराङ गाउँपालिकामा २ जना पुरुषमा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

हेटौँडा अस्पतालमा पुरुष २० जना र महिला २० जना गरी ४० जना र अन्य जिल्लाका पुरुष ९ जना र महिला ३ जना महिलागरी १२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लामा डेंगु सङ्क्रमण कारण एक जनाको मृत्यु भएको थियो । मकवानपुरमा गत आर्थिक वर्षमा पाँच हजार ८६४ जनामा डेंगु सङ्क्रमण भएको थियो जसमध्ये तीन हजार २०५ जना पुरुष र दुई हजार ६५९ जना महिला थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यातयात सञ्चालन ठप्प
२०८२ श्रावण ७, बुधबार
सुनको मूल्य तोलामा २१ सयले बढ्यो
२०८२ श्रावण ७, बुधबार
पुष्पलालप्रति उच्च सम्मानः प्रधानमन्त्री ओली
२०८२ श्रावण ७, बुधबार
एमाले केन्द्रीय कमिटी बैठकले पारित गरेको ८ बुँदे निर्णयमा के छ (पूर्णपाठ)
२०८२ श्रावण ७, बुधबार
भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
२०८२ श्रावण ७, बुधबार
राष्ट्र बैंकद्वारा आजको विनिमय दर निर्धारण, युरो र पाउण्डमा उच्च मूल्य कायम
२०८२ श्रावण ७, बुधबार