काठमाडौंः वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रजिष्ट्रार डा. ज्ञानेन्द्र शाहका अनुसार वीर अस्पतालका सहायक निर्देशक थापालाई अर्कौ व्यवस्था नहुनजेल सम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्डानका उपकुलपति डा भुपेन्द्र बस्नेतले दैनिक प्रशासनिक कार्य संचालन गर्ने गरी थापालाई निमित्त निर्देशक नियुक्त गरेका हुन् ।
प्रतिक्रिया