असार २९, २०८२ आइतबार July 13, 2025

बालुवाटारमा सरकारविरुद्ध प्रदर्शनकारीको नारा,’खै, खै, खै के उपलब्धि भयो ?’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२९ जेठ, काठमाडौं । बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन भएको छ ।

सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग राख्दै प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले सरकारले खर्चको विवरण भन्दा उपलब्धि देखाउनुपर्ने माग प्रदर्शनकारीहरुले गरेका छन् । प्रदर्शनकारीहरुले ‘खै, खै, खै के उपलब्धि भयो ?, सरकारको पाराले दुःख पायो साराले, एका देशको १० अर्बको कथा कटै मेरो देशको व्यथा, खर्च हैन उपलब्धि देखाउ, एक दुई तीन चार बन्द गर भ्रष्टाचार’, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । प्रदर्शनकारीहरुलाई तितरवितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया