श्रावण ७, २०८२ बुधबार July 23, 2025

श्रीमती र छोराछोरीको हत्या गरे पछि भारतीय डाक्टरले गरे आत्महत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँदिल्ली, २० मंशिर । उत्तर प्रदेशको रायबरेलीमा एक डाक्टरले आफ्ना दुई छोराछोरी र श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् ।

घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले सबै शव आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि पठाएको छ । डिप्रेसनबाट पीडित पुरुषले पहिले श्रीमती र छोराछोरीको हत्या गरेपछि झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्राप्त जानकारी अनुसार रायबरेलीका एक डाक्टरले आफ्नी श्रीमती र दुई निर्दोष बच्चाको हत्या गरी झुण्डिएर आत्महत्या गरेको आरोप लागेको छ । यो घटना आइतबार भएको बताइएको छ । त्यसपछि उक्त क्षेत्रमा डाक्टर र उनको परिवार देखिएन । दुई दिनसम्म अस्पताल नआएपछि डाक्टरका सहकर्मी उनको घर पुगेपछि घटनाबारे थाहा पाएका थिए ।

एकै परिवारका चारजनाको मृत्युको घटनाले सो क्षेत्र त्रसित बनेको छ । घटनाको जानकारी पाएपछि रायबरेलीका एसपी आलोक प्रियदर्शीसहितको प्रहरी टोली घटनास्थलमा पुगेर घटनाको नजिकबाट निरीक्षण गरेको थियो। सो क्रममा प्रहरीले मृतकको शव आफ्नो नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको छ । पहिले बालबालिकालाई मादक पदार्थ खुवाएर बेहोस बनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । त्यसपछि डाक्टरले श्रीमतीको पनि हत्या गरेका थिए ।

जानकारी दिँदै एसपी आलोक प्रियदर्शीले आँखा विशेषज्ञ डाक्टर डिप्रेसनबाट पीडित रहेको बताए । छोराछोरीको हत्यापछि बाबुले हातको नस काटेर आत्महत्या गर्ने प्रयास गरे पनि सफल नभएपछि उनले झुण्डिएर आत्महत्या गरेका हुन् । बालबालिकामा १४ वर्षकी बालिका र ४ देखि ५ वर्षका बालक रहेका छन् भने मृत्युको कारण पोष्टमार्टम पछि खुल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार