काठमाण्डौंः बीसौँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा स्याङ्जाको भीरकोट नगरपालिकाले विभिन्न कार्यक्रम गरी मनाएको छ ।
दिवसका अवसरमा विभिन्न प्ले कार्डसहित महिला स्वास्थ्य स्वयंमसेविका ,पालिका प्रमुख तथा उपप्रमुख , नगरपालिकाका कर्मचारी, स्थानियवासीलागायतले बयरघारी बजारको परिक्रमा गरेका थिए ।
सो अवसरमा आयोजित कविता वाचनमा उत्कृष्ट हुन सफल वडा नम्बर दुईकी स्वयंमसेविका मन्जुकमारी अधिकारीलाई नगद पाँच हजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्रबाट पुरष्कृत गरिएको थियो ।
अधिकारीलाई नगर प्रमुख गोबिन्दकुमार कर्मचार्य तथा उपप्रमुख भगवती अर्यालले सम्मान गर्नुभयाे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया