कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

उत्पादनमा नलाग्दा देशमा रोजगारीको अवसर गुम्दैगयो’ – मन्त्री लामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले नेपाल विकासबाट पछि पर्नुमा उत्पादन नगर्ने तर हरेक बस्तु बाहिरबाट आयात गर्ने गर्दा देशमा रोजगारीको अवसर गुम्दै गएको बताएका छन् । उनले नेपालमा जनैदेखि सियो–धागोसम्म पनि विदेशबाट ल्याउने गर्दा आर्थिक अवस्था बिग्रँदै गएको बताए।

सदरमुकाम चरिकोटमा दोलखा जिल्ला निर्माण व्यवसायी सङ्घले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले भने, “आर्थिक सङ्कटको प्रमुख कारण विदेशी वस्तुमा रमाउदा र स्वदेशमा कामको सम्मान पनि नहुँदा समस्या उत्पन्न भएको हो।” उनले राज्यबाट विनियोजित रकम यो सरकारको त होनी भन्ने मानसिकता तल्लो तहसम्म हुँदा देश कङ्गाल हुन लागेको उल्लेख गरे ।

क्रसर उद्योग सञ्चालनमा ल्याउन गरिएकोे मागमा मन्त्री लामाले क्रसर खोल्न पाउने विभिन्न प्रावधान छ तर विदेशी नीतिको नक्कल गरेकै कारण देशका क्रसर सञ्चालनमा नआएको बताए । देशको भौगोलिक बनावटका आधारमा क्रसर सञ्चालन नीति बनाउनुपर्नेमा त्यो नहुँदा समस्या उत्पन्न भएको उनले जोड दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार