श्रावण ७, २०८२ बुधबार July 23, 2025

स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत

राष्ट्रिय चिकित्सा शिक्षा ऐन संशोधन नहुँदासम्म स्वास्थ्य क्षेत्रमा नर्स तथा डाक्टर उत्पादन हुन नसक्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित अन्तरक्र्रिया कार्यक्रममा उहाँले जनतालाई प्रत्यक्ष लाभ हुने गरी स्वास्थ्य रणनीति प्रभावकारी रुपमा कार्यान्वयन हुन जरुरी रहेको बताउनुभयो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा मन्त्री बस्नेतले आर्थिक पछ्यौटेपनले लैङ्गिक हिंसा हुने भन्दै सबैलाई आर्थिक रुपमा समानन्तर बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय चिकित्सा शिक्षा ऐन संशोधन नहुँदासम्म स्वास्थ्य क्षेत्रमा नर्स तथा डाक्टर उत्पादन हुन नसक्ने अवस्था छ । त्यसैले यसको संशोधन आवश्क छ ।”

स्वास्थ्य मन्त्रालयमा बजेट अभावका कारण सीमित स्रोत साधनमा मन्त्रालयको कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको मन्त्री बस्नेतको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले मानव अधिकारको संरक्षण, संवद्र्धन, प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य अधिकार, आकस्मिक स्वास्थ्य सेवामा सबैको पहुँचलगायत काममा मन्त्रालय निरन्तर लागिरहेको बताउनुभयो ।

उहाँले महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा ज्येष्ठ नागरिकका स्वास्थ्यसम्बन्धी हक अधिकारलाई प्राथमिकतामा राखी सङ्घीय संरचनाबमोजिम स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनमा आएको जानकारी दिनुभयो ।

गुरागाइँले उक्त रणनीतिको समायानुकूल परिमार्जन सहित ल्याइएकाले यसको कार्यान्वयनसँगै स्वास्थ्य सेवा थप प्रभावकारी हुँदै जाने बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले राज्यका तीनै तहमा गरिएको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी रणनीतिगत व्यवस्था, संस्थागत संयन्त्रको गठन एवम् सोको कार्यान्वयन, बहु क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनुभयो । प्रदेश तथा स्थानीय तहको साझा प्रयासबाट मात्र स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन हुने भएकाले यो रणनीति कार्यान्वयन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार