असार २३, २०८२ सोमबार July 7, 2025

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई निष्कर्षमा पुराउन आफुले पनि छलफल गरिरहेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै छिटो टुङ्गोमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार ललितपुरमा १५ औं मानवअधिकार राष्ट्रिय महाभेला उद्घाटन गर्दै सभामुख घिमिरेले राजनीतिक दल र नेताहरुले आफ्नो दायित्वलाई बुझ्दै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै छिटो टुङ्गोमा पुर्‍याउनुपर्नेमा जोड दिएका हुन् ।

सङ्क्रमणकालीन न्याय सम्पादन गर्ने र सदाका लागि विगतका दिनलाई बिर्सिएर पीडितले शान्ति महसुस गर्ने गरि समाधान खोज्नका लागि आवश्यक कानूनले पूर्णता पाउन बाँकी रहेको उनले बताए ।

सभामुख घिमिरेले १८ वर्षअघि शान्तिप्रक्रियामा हस्ताक्षर भएर समाज अघि बढेपनि बिबिध कारणले आधारभूत रुपमा शान्तिप्रक्रियालाई निष्कर्षमा पुराउने काम अधुरो नै रहेको धारणा राखे । उनले संसद्को आगामी अधिवेशनमा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई टुङ्गोमा पुर्‍याउन सफल हुने विश्वास व्यक्त गरे ।

उनले असहमतिका रुपमा रहेका पक्षलाई सहमतिमा ल्याउदै सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई निष्कर्षमा पुराउन आफुले पनि छलफल गरिरहेको जानकारी दिए । कार्यक्रममा मानवअधिकारकर्मीहरुलाई सम्मान गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार