असार २९, २०८२ आइतबार July 13, 2025

संघीय संसद सचिवालय महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २५ मंसिर  । संघीय संसद सचिवालयको महासचिवमा पदमप्रसाद पाण्डेको नाम राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।

डा भरतराज गौतमले महासचिवबाट राजीनामा दिएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

पाण्डे हाल प्रतिनिधिसभाको सचिव छन् । पाण्डेलाई नायव महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि प्रतिनिधिसभाको सचिव नियुक्त गरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया